आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक विशेष

एमाले यी नेताको भविष्यवाणीले केपी ओलीलाई ठुलो झड्का, बालुवाटारमा उत्पात !

एमाले यी नेताको भविष्यवाणीले केपी ओलीलाई ठुलो झड्का, बालुवाटारमा उत्पात !

  • मिडिया डबली
  • शुक्रवार, जेठ १४ २०७८

  • 7.8K
    SHARES

  • एमाले यी नेताको भविष्यवाणीले केपी ओलीलाई ठुलो झड्का, बालुवाटारमा उत्पात  !

    काठमाडौं - झापा आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका एक सशक्त हस्ती चन्द्रप्रकाश मैनाली (सीपी) अहिले सानो घेरामा सीमित छन् । नेकपा माले हुँदा २०४२ सालसम्म मैनालीको जगजगी थियो । तर, उनी मालेका महासचिव नै भएका थिए ।

    त्यसबेला अहिलेका केपी ओली सीपी मैनालीका कार्यकर्ता थिए । सीपी मैनालीले प्रतिपादन गरेको ‘जनताको नौलो जनवाद’ लाई परिमार्जित गर्दै मदन भण्डारीले पछि ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त तयार पारेका थिए ।

    त्यसैले मैनालीलाई पाखा लगाउन मदन भण्डारी, झलनाथ खनाल, माधव नेपालहरू लागेका थिए । र, मैनालीलाई महासचिवबाट हटाएर झलनाथ खनाल महासचिव बनेका थिए । ०४७ सालमा माले र नेकपा माक्र्सवादी मिलेर एमाले बनेको थियो ।

    त्यहीबेला मदन भण्डारी महासचिव बनेका हुन् । अहिले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली राजनीतिक, कानूनी र नैतिक रुपमा अप्ठेरोमा परेक छन् । तीन महिनाको बीचमा दुईपटक संसद् विघटन गरेपछि ओली एक्लिएका छन् ।

    पहिलोपटक संसद् विघटन गर्दा ओली नेकपाका अध्यक्ष थिए, उनीसँग झन्डै दुई तिहाइ सांसद थिए । तर दोस्रो संसद् विघटनसम्म पुग्दा ओलीसँग ९३ सांसद मात्रै रहे।

    पाँच दलले घोषित रुपमा विपक्षी गठबन्धन बनाएर ओलीको कदमविरुद्ध कानूनी र राजनीतिक संघर्ष सुरु गरेका छन् । उनीहरुले ओलीविरुद्धको गठबन्धन फराकिलो बनाउने रणनीति पनि लिएका छन् ।

    आगामी निर्वाचनसम्म विपक्षी गठबन्धन सँगै जाने भएका छन् । यसले ओलीलाई निकै कमजोर मात्र होइन, एक्लो बनाउने एमालेकै नेताहरु बताउन थालेका छन् ।

    पछिल्लो घटनाक्रमले ओलीको अवस्था सीपी मैनालीको जस्तै हुने प्रदीप नेपालको विश्लेषण छ । ‘केपी ओलीले आफूबाहेक अरुलाई चिन्नु पनि हुँदैन, वास्ता पनि गर्नुहुन्न । उहाँको स्वभाव अल्पमत हुँदा पनि निर्णय गर्ने हो, बहुमत हुँदा पनि निर्णय गर्ने हो । अहिले एक्लिँदै हुनुहुन्छ । उहाँको हालत पनि सीपी मैनालीको जस्तै हुन्छ,’ नेपालले बिहीबार एक पत्रिकामा टिप्पणी गर्दै भनेका छन् । नेता नेपालको विश्लेषणमा ओली सीपी मैनाली भाग–२ बन्ने बाटोमा हिँडेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend