काठमाडौं - निर्वाचन आयोगका पाँच पूर्वप्रमुख आयुक्तले कामचलाउ केपी सरकारलाई बजेट र नीति तथा कार्यक्रममा निर्वाचनसम्बन्धी कुनै विषय उल्लेख नगर्न सुझाव दिएका छन् ।
पूर्व प्रमुख सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, निलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र पूर्वकार्यबाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङले ओली सरकारको ध्यानाकर्षण गराउँदै मतदाता प्रभाव पार्ने कुनै निर्णय नगर्न सल्लाह दिएका हुन् ।
आगामी कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किसिमको नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउने पूर्वप्रमुख आयुक्तहरूले विश्वास लिएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।