आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

केपी ओलीलाई गृहजिल्ला झापामै ठूलो धक्का, यस्तो भयो निर्णय

केपी ओलीलाई गृहजिल्ला झापामै ठूलो धक्का, यस्तो भयो निर्णय

  • मिडिया डबली
  • मंगलवार, जेठ ११ २०७८

  • 7.7K
    SHARES

  • केपी ओलीलाई गृहजिल्ला झापामै ठूलो धक्का, यस्तो भयो निर्णय

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहजिल्ला झापामै धक्का लाग्ने गरी निर्णय भएको छ ।

    झापाका ९ राजनीतिक दलले जननिर्वाचित संस्था प्रतिनिधि सभालाई प्रधानमन्त्री ओली र राट्रपति विद्यादेवी भण्डारीले जालझेलपूर्ण तरिकाले विघटन गरेको ठहर गर्दै पुनःस्थापनाको एजेण्डासहित संघर्षमा उत्रिने निर्णय गरेका छन् ।

    कोरोना भाइरस संक्रमणबीच स्वास्थ्य सावधानी अपनाएर बिर्तामोडमा सम्पन्न ९ राजनीतिक दलका नेताको भेलापछि जारी संयुक्त विज्ञप्तिमा लोकतन्त्रको रक्षा र विधिको शासन स्थापनाका लागि एकजुट हुन झापाली राजनीतिक दलले सबैमा आह्वान गरेका छन् ।

    नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, नेकपा माओवादी केन्द्रका सचिव मणिकुमार साम्पाङ, जनता समाजवादी पार्टी (जसपा) नेपालका दिपेनवाला राई, नेकपा एमाले अध्यक्ष बेदराज रेग्मी, बहुल राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष धनबहादुर पन्धाक, विवेकशील साझा पार्टीका मेदनी प्रसाई, राष्ट्रिय जनमोर्चाका सन्तोस राई, राष्ट्रिय जनमुक्ति पार्टीका प्रकाश थाम्देनद्वारा हस्ताक्षरित विज्ञप्तिमा केपी ओलीले सरकारको नेतृत्व गरेदेखि नै लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र नैतिकता विपरीत लोकतन्त्रविरोधी र राष्ट्रघाती कार्य गर्दै आएको जनाइएको छ ।

    नक्कली राष्ट्रवादको नारा फलाकेर देश र जनतालाई झुक्याउँदै प्रधानमन्त्री बनेदेखि नै केपी शर्मा ओलीले राष्ट्रघाती कार्य गरेको उल्लेख विज्ञप्तिमा छ । ‘प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको षड्यन्त्रबाट संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार बन्न नदिई मिति २०७८ जेठ ७ गते मध्यराति जननिर्वाचित प्रतिनिधिसभा विघठन गरेर संविधानको ठाडो उल्लंघन गरेका छन् । संविधानको मर्म, भावना र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको अवमूल्यन गर्दै मध्यरातमा जालझेल गरेर संसद् विघटन गरिएको घटनाका सम्बन्धमा लोकतन्त्रमा आस्था र विश्वास राख्ने हामी ९ राजनीतिक दलहरू घोर निन्दा भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

    संविधान बमोजिम १ महिनाभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने र विश्वासको मत प्राप्त नभएको अवस्थामा राजीनामा दिएपश्चात मात्रै सरकार गठनको वैधानिक बाटो रहे पनि ‘मेरो पक्षमा बहुमत नदेखिएको सरकार गठनका लागि आह्वान गरेको’ बताएका प्रधानमन्त्री ओलीले त्यसको केही घण्टामै पुनः आफ्नै पक्षमा बहुमत भएको दाबी गर्दै राष्ट्रपति समक्ष दावी पेस गरेका थिए ।

    विपक्षी गठबन्धनको विज्ञप्तिमा लोकतन्त्रको संस्थागत विकास र प्राप्त उपलब्धिहरूको रक्षाका खातिर आन्दोलनको अग्रमोर्चामा रहेर विगतका दिनहरूमा जस्तै सशक्त भूमिका निर्वाह गर्न नागरिक समाज, पत्रकार, मानव अधिकारवादी, मजदुर, किसान, प्राध्यापक, शिक्षक, कानून व्यवसायी, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी लगायत आम जनसमुदायमा आग्रह गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend