आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावल मैदानबाट पछाडि हटे, के हो कारण ?

भीम रावल मैदानबाट पछाडि हटे, के हो कारण ?

  • मिडिया डबली
  • मंगलवार, जेठ ११ २०७८

  • 6.1K
    SHARES

  • भीम रावल मैदानबाट पछाडि हटे, के हो कारण ?

    काठमाडौं – नेकपा एमालेबाट निष्कासित नेता भीम रावलको राष्ट्रवादी छवि छ । त्यसैलाई व्यक्त गर्दै नेता रावलले सोमबार नागरिकता अध्यादेशको विरोध गर्दै ट्विटरमा लेखेका थिए ।

    सरकारले नागरिकता अध्यादेश जारी गरेपछि पर्साको वीरगञ्जमा नागरिकता लिन आउने मानिसको भीड लागेको र त्यसमा भारतबाट आएका मानिसहरूको संख्या अत्याधिक रहेको समाचार आइरहेको भनेर उनले लेखेका थिए ।

    नेता रावलले लेखेका थिए, ‘वीरगञ्जमा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडेजस्तै गर्नलाई हो कि ? नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं ।’ 

    तर निषेधाज्ञाका बेला कार्यालयहरू बन्द रहँदा नागरिकता लिन कसरी भीड लाग्यो भनेर रावलको आलोचना भयो । रावलले भनेको समाचार र भीड अघिल्ला वर्षहरूको थियो । रावलले पुरानो समाचारलाई नयाँझै गरी प्रस्तुत गरेका थिए ।

    त्यसपछि नेता रावलले मंगलवार बिहान अर्काे ट्विट गरे । जसमा लेखिएको छ, ‘मैले वीरगञ्जमा नागरिकता लिनेको भीड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन । सरकारले प्रस्ट पारे भइहाल्यो । तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु ।’

    नेता रावलले तथ्यमा त्रुटि गर्दा उनले पछाडि हट्नुपर्ने अवस्था आएको छ । रावलले राष्ट्रियताको सवालमा चर्काे खबरदारी गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०८:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend