काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाई र परीक्षा गर्ने तयारी भइरहेकाले सम्पर्कमा आउन सबै विद्यार्थीलाई अपिल गरेको छ ।
उपकूलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै रोकिएका परीक्षा पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका छन् ।
‘सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग, क्याम्पस, स्कूल तथा डीन कार्यालयमा सम्पर्कमा आउन अनुरोध गर्दछु,’ उपकूलपतिको अपिलमा उल्लेख छ ।
रोकिएका कक्षा समेत वैकल्पिक माध्यमबाट सञ्चालन हुने त्रिविले जनाएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।