काठमाडौं – देशकै ठूलो त्रिभुवन विश्वविद्यालयबाट सरकारी तलब खाने प्राध्यापक डा. खड्ग केसीले नेकपा एमालेको सेवा गर्ने गरेको खुलासा भएको छ ।
प्राध्यापक केसी नेकपा एमालेको विदेश विभाग सदस्यको रूपमा कार्यरत रहेको पाइएको छ ।
सरकारी तलब खाने विश्वविद्यालयका प्राध्यापक कुनै पनि पार्टीको सक्रिय राजनीतिमा संलग्न हुन नपाइने भएपनि केसी विदेश विभाग सदस्य पदमा खुलेरै जिम्मेवारीमा रहेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराई प्रमुख रहेको एमालेको विदेश विभागमा केसी सदस्य रहेका छन् ।
प्राध्यापक केसी यसअघि विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख रहेका थिए । जापानको नागासाकी विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारीधी गरेका केसीले विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषय पढाउने गरेका छन् । विश्वविद्यालय पढाएपछि बचेको समयमा उनले एमालेको काम गर्ने गरेको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।