काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय परिसरमा राँके जुलुस प्रदर्शन गरेको छ ।
नेविसंघ त्रिवि समितिले असंवैधानिक कदमविरुद्ध प्लेकार्डसहित मसाल जुलुस प्रदर्शन गरेको हो ।
नेविसंघ त्रिभुवन विश्वविद्यालय अध्यक्ष जगदीश भट्टको नेतृत्वमा प्रदर्शन भएको एकाई सचिव गंगाराम न्यौपानेले जानकारी दिए ।
नेपाली कांग्रेसको नेतृत्वमा असंवैधानिक कदमविरुद्ध देशभर राजनीतिक र कानूनी लडाई भइरहेको छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।