आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति र प्रधानमन्त्रीको देशघाती जोडी यहीँ र यत्तिमै रोकिनेवाला छैन : गगन थापा

राष्ट्रपति र प्रधानमन्त्रीको देशघाती जोडी यहीँ र यत्तिमै रोकिनेवाला छैन : गगन थापा

  • मिडिया डबली
  • शनिवार, जेठ ८ २०७८

  • 7.0K
    SHARES

  • राष्ट्रपति र प्रधानमन्त्रीको देशघाती जोडी यहीँ र यत्तिमै रोकिनेवाला छैन : गगन थापा

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि नेता थापाले विरोधमा उत्रिन आह्वान गरेका हुन् ।

    थापाले लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद ! विघटन, पुनस्र्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आह्वान, अनुकूल नभएपछि फेरि विघटन ! कस्तो सेटिङ ! प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए ! सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिने वाला छैनन् । नेतागण ! नअल्मलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’

    यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । शनिबार बिहान साढे ९ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रवार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेपछि कांग्रेसको आकस्मिक बैठक बस्न लागेको छ ।

    संसद विघटनको कांग्रेस नेताहरूले चर्को विरोध गरिरहेका छन् । बैठकले सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने कांग्रेस स्रोतले जनाएको छ ।

    देउवाले पार्टीका नेताहरूसँग बैठकपछि विपक्षी दलका नेताहरूसँग पनि आफैं छलफल गर्न जनाइएको छ । माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्षसँगको छलफलका लागि समय तय भइसकेको छैन । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend