आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति भण्डारीले ढिलाइ गरेपछि गगन थापाले सोधे यी गम्भीर प्रश्न

राष्ट्रपति भण्डारीले ढिलाइ गरेपछि गगन थापाले सोधे यी गम्भीर प्रश्न

  • मिडिया डबली
  • शुक्रवार, जेठ ७ २०७८

  • 10.5K
    SHARES

  • राष्ट्रपति भण्डारीले ढिलाइ गरेपछि गगन थापाले सोधे यी गम्भीर प्रश्न

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिको निर्णय लिन ढिलाइ गरेपछि नेपाली कांग्रेसका लोकप्रिय नेता तथा सांसद गगनकुमार थापाले गम्भीर प्रश्न गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सिफारिस फटाफट जारी हुने गरेका भएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको बहुमत हस्ताक्षरका आधारमा नयाँ प्रधानमन्त्री नियुक्तिमा ढिलाइ भइरहेको छ ।

    सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद थापाले ओलीको जालझेल र अपराधमा साथ दिँदा राष्ट्रपतिलाई दागैदाग लागेको बताएका छन् ।

    थापाले लेखेका छन्, ‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३) को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? प्रमले नै ‘म विश्वासको मत लिन सक्दिनँ र पहिलाभन्दा तात्विक फरक छैन भनेर ७६(५) को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले ‘विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’ भन्दै आह्वान गर्ने । अब फेरि जालझेल ! यो प्रष्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असंगत मात्र होइन, अवैधानिक र अनैतिक छ । राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागैदाग छ । महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ ! नभए भीरबाट खस्नेलाई रामराम ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend