काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाँकेका छन् ।
राष्ट्रपति कार्यालयमा नयाँ प्रधानमन्त्रीको दाबी पेश गरेका ओलीले बैठक बोलाएका छन् ।
संविधानको धारा ७६(५) अनुसार नयाँ प्रधानमन्त्री बन्ने प्रक्रिया चलिरहेका बेला ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको बैठकका एजेन्डाबारे मन्त्रीहरूलाई जानकारी दिइएको छैन । शुक्रवार प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।
दुबैको दाबीबारे शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक परामर्श गरिरहेका कारण कुनै निर्णय आइसकेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।