काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेपछि नेकपा माओवादी केन्द्र्रको स्थायी कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि आह्वान गरेर साँझ ५ बजेसम्म समय दिएकी छन् ।
माओवादीको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए । साहका अनुसार उपलब्ध स्थायी कमिटी सदस्यको बैठक बोलाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।