आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक विशेष

सेटिङमा चलेको ओली सरकार, संविधान नै क्षतविक्षत पार्दै

सेटिङमा चलेको ओली सरकार, संविधान नै क्षतविक्षत पार्दै

  • मिडिया डबली
  • शुक्रवार, जेठ ७ २०७८

  • 3.3K
    SHARES

  • सेटिङमा चलेको ओली सरकार, संविधान नै क्षतविक्षत पार्दै

    काठमाडौं - साढे तीन वर्षअघि निर्वाचनका बेला पाँच वर्षका लागि स्थायी सरकार दिन्छौं भनेर भोट मागेका केपी ओली अहिले बीचमै प्रधानमन्त्रीको पद छोड्नुपर्ने अवस्थामा आइपुगेका छन् ।

    संविधानविपरीत सरकार चलाउने, संवैधानिक अंगको मानमर्दन गर्ने, पार्टीलाई घर चलाए जस्तो मनपरी चलाउने गर्नाले ओलीको दुर्दान्त सुरु भएको हो । तैपनि ओलीले सेटिङमा सरकार चलाउन छाडेका छैनन् ।

    राष्ट्रपति आफ्नो फेवरमा रहेकाले ओलीले सारा संविधान विरोधी हर्कत गर्दै आएका हुन् । संसद् छँदाछँदै ओलीले अध्यादेशबाटै सरकार चलाइरहेका छन् । उनलाई संसद् रहनु र नरहनुमा कुनै मतलव छैन ।

    संवैधानिक निकाय र राजदूतमा आफ्ना कोटरीका मानिसलाई नियुक्त गर्नेदेखि सांसद नै नभएका व्यक्तिलाई पटक पटक मन्त्री नियुक्त गर्नाले ओली ले अहिले सेटब्याक खाएका हुन् ।

    राजनीतिक विश्लेषकदेखि संविधानविद्हरूले समेत ओली र राष्ट्रपति दुवै सेटिङमा चलेको र नियत दुवैका अर्कै रहेको अनुमान गर्न थालेका छन् । पछिल्लो राजनीतिक घटनापछि सबैले त्यस्तो शंका गरेका हुन् । नत्र रातारात २१ घन्टामै सरकार गठन गर्न राष्ट्रपतिले सूचना जारी गर्ने थिइनन् । यसमा ओलीकै भूमिका रहेको नेताहरू बताउँछन् ।

    राष्ट्रपतिले यसरी छापामार शैलीमा द्रुत आह्वान गर्नुको कारण विपक्षी दलहरुले सरकारको दाबी गर्न नसकुन् र छापामार शैलीमै फेरि केपी ओलीलाई नै धारा ७६ (३) बाट ७६ (५) मा सरुवा गर्न पाइयोस् भन्ने नियत लुकेको विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend