काठमाडौं – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले कोरोना भाइरस संक्रमणको महामारीका बेला उपचारका लागि छिट्टै कोभिड–१९ उपचार केन्द्र बन्ने बताएका छन् ।
सिन्धुपाल्चोक जिल्लामा बन्ने उपचार केन्द्र १ महिनाभित्रै सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाइएको भएपनि अक्सिजनको व्यवस्था भइसकेकाले छिट्टै सञ्चालनमा ल्याइने बताए ।
नेता बस्नेतले भनेका छन्, ‘कोभिड–१९ संक्रमणको महामारीबाट सिन्धुपाल्चोकका दिदीबहिनी तथा दाजुभाईहरूलाई बचाउन जिल्लामा कम्तिमा १०० बेडको कोभिड–१९ उपचार केन्द्र सञ्चालन १ महिनाभित्र गर्ने भनेर मैले प्रतिबद्धता व्यक्त गरेको थिएँ । सोको तयारीका लागि अक्सिजनको सिलिन्डर समेत १०० थान उपलब्ध भइसकेको हुनाले अब १ महिना कुर्न नपर्ने भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु । जय नेपाल !’
नेता बस्नेतले कोरोना संक्रमण रोकथामका लागि मास्क, स्यानिटाइजर र पीपीई सेट वितरण गर्दै आएका छन् भने संक्रमितको उपचारका लागि पहल गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।