आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रधानमन्त्री बनिराख्न संविधान नै संशोधन गर्ने ओलीको तयारी, मन्त्रिपरिषद्बाट यस्तो निर्णय

प्रधानमन्त्री बनिराख्न संविधान नै संशोधन गर्ने ओलीको तयारी, मन्त्रिपरिषद्बाट यस्तो निर्णय

  • मिडिया डबली
  • शुक्रवार, जेठ ७ २०७८

  • 4.4K
    SHARES

  • प्रधानमन्त्री बनिराख्न संविधान नै संशोधन गर्ने ओलीको तयारी, मन्त्रिपरिषद्बाट यस्तो निर्णय

    काठमाडौं – प्रधानमन्त्रीको कुर्सी जोगाउन जे पनि गर्दै आएका केपी शर्मा ओलीले अब संविधान नै संशोधन गर्ने भएका छन् ।

    संविधान संशोधन गर्नका लागि बिहीबारको मन्त्रिपरिषद् बैठकले विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधन गर्ने सैद्धान्तिक निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

    बिहीबार मन्त्रिपरिषद्को बैठकबाट सैद्धान्तिक निर्णय भएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई जानकारी गराइसकेका छन् । जसपाले संविधान संशोधनको माग राख्दै आएको छ ।

    मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र राजेन्द्र महतोलाई कार्यदल गठन गर्ने निर्णय गरिएकोबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको हुन् ।

    नागरिकताका लागि अध्यादेश ल्याउने र संविधान संशोधनका लागि विज्ञ सहितको कार्यदल गठन गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको स्रोतले जनाएको छ । जसपाले राखेका माग पूरा गरिदिएकोमा जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend