काठमाडौं - एउटा देशको प्रधानमन्त्रीको दायित्व, कर्तव्य र जिम्मेवारी के हुन्छ ? उसको पहिलो दायित्व हो जनताको जिउधनको सुरक्षा गर्नु । जनतालाई परेको संकटबाट मुक्त गर्नु ।
तर, देशमा अहिले कम्युनिस्ट पार्टीको सरकार छ । प्रधानमन्त्री केपी ओली छन् । झन्डै दुई तिहाइको बहुमतको सरकार गुमाएर ओली अहिले अल्पमतको एमाले सरकार चलाइरहेका छन् ।
देश एक वर्षदेखि नै कोरोनाको महाव्याधिले आक्रान्त छ । तर, यो एक वर्षमा ओलीले कहिल्यै पनि गम्भीर भएर कोरोनाविरुद्ध लड्न र तयारीमा लाग्ने काम गरेनन् । एक वर्ष नेकपाको किचलोमै बिताए ।
त्यही किचलोले प्रतिनिधिसभा विघटन गरे र कलंकको टीका लगाए । अहिले एमालेमै किचलो झिकेका छन् । देशमा दैनिक दुई सयभन्दा बढी कोरोना संक्रमणका कारण निधन भइरहेकोप्रति ओलीलाई कुनै चिन्ता छैन ।
यतिबेला उनको प्रमुख चिन्ता हो राष्ट्रिय सभा निर्वाचनमा रामबहादुर थापा बादलले हार्छन् कि भन्ने । त्यसैले उनले प्रधानमन्त्री पदको गरिमामा आँच आउने गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्दै बादलका लागि मत मागे ।
एउटा सांसद पदको निर्वाचनमा ओलीले खुलेयाम निर्वाचन आचार संहिताको धज्जी उडाउँछन् भने उनकै नेतृत्वमा हुने निर्वाचनमा कतिको धाँधली होला ?
प्रमुख विपक्षी नेपाली कांग्रेसले यसबारे ध्यान दिनुपर्ने देखिएको राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन् । त्यसैले चुनावी सरकारको नेतृत्व अर्कै व्यक्तिले गर्नुपर्ने आवाज उठेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।