काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मौन अवधिमा निर्वाचन आचारसंहित उल्लंघन गर्दै रामबहादुर थापा बादललाई भोट मागेको भोलिपल्टै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि बादललाई भोट मागेका छन् ।
पोखरेलले बिहीबार बिहान सामाजिक सञ्जालमा गृहमन्त्री बादललाई राष्ट्रिय सभा निर्वाचनमा जिताउन भन्दै भोट मागेर निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् ।
आज बागमती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ । ‘बागमतीमा हुँदै गरेको उपचुनाव कमरेड रामबहादुर थापाले नेकपा (एमाले) रोजेका कारणले हो । उहाँलाई जिताउनु पार्टीलाई थप वलियो बनाउनु हो,’ पोखरेलले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।