काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।
भोलि बिहीबार बस्ने बैठकमा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय हुने स्रोतले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पुत्री तथा स्वकीय सचिव गंगा दाहालले बिहीवार पार्टी स्थायी कमिटी बैठक बस्न लागेको बताएकी छन् ।
बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टीपंक्ति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रम घोषणा गरिने भएका छन् ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका सन्दर्भमा पार्टीले गर्नसक्ने कार्यक्रमका विषयमा प्रचण्डले बुधवार स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञसँग समेत परामर्श गरेका थिए ।
बुधवारको छलफलमा चिकित्सक तथा विज्ञले दिएका सुझावलाई समेटेर भोलि बिहीवार बस्ने स्थायी कमिटी बैठकले आवश्यक निर्णय गरी विभिन्न योजना र कार्यक्रम घोषणा गरिने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।