आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

आचारसंहिता लत्याउँदै ओलीले बादललाई मागे भोट, निर्वाचन आयोग तमासे

आचारसंहिता लत्याउँदै ओलीले बादललाई मागे भोट, निर्वाचन आयोग तमासे

  • मिडिया डबली
  • बुधवार, जेठ ५ २०७८

  • 3.9K
    SHARES

  • आचारसंहिता लत्याउँदै ओलीले बादललाई मागे भोट, निर्वाचन आयोग तमासे

    काठमाडौं - निर्वाचन आचार संहिताको ठाडो उल्लंघन गर्दै प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभाका उम्मेदवार रामबहादुर थापा बादललाई भोट मागेका छन् ।

    एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा गृहमन्त्रीसमेत रहेका बादलका लागि भोट मागेका हुन् । ओलीले पार्टीले यसअघि नै बादललाई भोट हाल्न निर्देशन गरेको जानकारी दिँदै सो निर्णयविरुद्ध जानेलाई कारबाही गर्नेसमेत चेतावनी दिएका छन् ।

    निर्वाचनको एक दिनअघि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत ओलीले बादललाई जिताउन भोट माग्नुलाई उनी यो देशको नियम कानुन केही नमान्ने दिशामा हिँडेको देखिएको छ । ‘यस निर्वाचनमा हाम्रो एकतावद्ध सङकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्याउने छ ।

    अतः यस निवाचनमा पार्टीका उमेदवार रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु,’ ओलीले भनेका छन् । उनले पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाल्नु कल्पना बाहिरको कुरा भएको पनि यनले बताएका छन् ।

    ‘अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकतावद्ध बनाउनका लागि कार्यदल बनेर कामसमेत सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो ।

    पार्टीको आधिकारिक उमेदवारविरुद्ध उमेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो ।

    यस्ता प्रवृत्ति वहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागिसमेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्,’ उनले विज्ञप्तिमा भनेका छन् ।

    उनले माधवकुमार नेपाल पक्षका मतदातालाई प्रभावित गर्ने गरी भोट मागेका हुन् । यदि पार्टीको ह्विप उल्लंघन गरे कारबाही गर्ने उनले संकेत दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend