आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक विशेष

जेठ १५ अघि नै ओलीको यस्तो तयारी, कांग्रेस सशंकित

जेठ १५ अघि नै ओलीको यस्तो तयारी, कांग्रेस सशंकित

  • मिडिया डबली
  • बुधवार, जेठ ५ २०७८

  • 6.3K
    SHARES

  • जेठ १५ अघि नै ओलीको यस्तो तयारी, कांग्रेस सशंकित

    काठमाडौं - संविधानतः अबको १० दिनपछि जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने दिन । तर, आजसम्म संसद् बैठक बोलाइएको छैन ।

    प्रधानमन्त्री केपी ओलीले केही समयअघि संसद् जिउँदै रहेको बताएका थिए । त्यसलाई धेरैले संसद्मै बजेट प्रस्तुत हुने अनुमान गरेका थिए । तर, आजसम्म पनि संसद् बैठक आह्वान नहुनुले भित्रभित्रै केही खिचडी पाकिरहेको अनुमान गरिएको छ ।

    बजेट ल्याउनुअघि संसदमा प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित हुनै पर्छ। तर, समयमै संसद् अधिवेशन नबसेका कारण प्रि–बजेट छलफलको समय गुज्रिएको छ।

    बजेट ल्याउनु १५ दिनअगावै प्रि–बजेट छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था सरकारले लत्याइसकेको छ । तर, अहिले ओली बजेट ल्याउनुअगावै विश्वासको मत लिने तयारीमा लागेका छन् ।

    अहिले नै विश्वासको मत लिएपछि आफ्नो अवस्था हेरेर बजेट ल्याउने ओलीको तयारी छ । यदि संसदमा विश्वासको मत पाए पूर्णकालीन बजेट ल्याउने, नभए संसद् विघटन गरेर अध्यादेशबाट बजेट ल्याउने खेलमा ओली लागेका छन् ।

    सोही कारण आज कांग्रेसले संसदीय दलको बैठक बोलाएर संसद बैठक आह्वानका लागि आग्रह गर्ने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend