आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतको घोषणा : नेपाललाई हामी अक्सिजनका ट्यांकर दिन्छौं 

भारतको घोषणा : नेपाललाई हामी अक्सिजनका ट्यांकर दिन्छौं 

  • मिडिया डबली
  • सोमवार, जेठ ३ २०७८

  • 13.7K
    SHARES

  • भारतको घोषणा : नेपाललाई हामी अक्सिजनका ट्यांकर दिन्छौं 

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीसँगै नेपालमा उपचार गरिरहेका अस्पतालमा अक्सिजनको अभाव भएका बेला भारतले अक्सिजन सहयोग गर्ने भएको छ ।

    सोमबार भएको एक भर्चुअल कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ८–१० दिनभित्र भारतले नेपाललाई लिक्वीड अक्सिजन उपलब्ध गराउने जानकारी दिए ।
     
    यसअघि भारतमा कोरोना संक्रमण तीब्र रूपमा बढेसँगै भारतले अक्सिजन निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

    नेपालमा संकट निम्तिएपछि भारत अक्सिजन सहयोग गर्न तयार भएको छ । राजदूत क्वात्राले संकटमा रहेको नेपाललाई भारतले निरन्तर सहयोग गर्ने बताएका छन् ।

    कार्यक्रममा क्वात्राले भने, ‘आगामी ८–१० दिनभित्र लिक्वीड अक्सिजनको ट्यांकर नेपाल आइपुग्ने छ ।’ 

    भारतले नेपाललाई २३ लाख कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको समेत राजदूत क्वात्राले स्मरण गराएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend