बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कमलपोखरीमा माइल्ड आइसोलेशन स्थापना

कमलपोखरीमा माइल्ड आइसोलेशन स्थापना

  • मिडिया डबली
  • सोमवार, जेठ ३ २०७८

  • 4.0K
    SHARES

  • कमलपोखरीमा माइल्ड आइसोलेशन स्थापना

    काठमाडौं - कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि निजी क्षेत्रले पनि क्वारेन्टिज र आइसोलेसन सेन्टर स्थापना गर्न थालेका छन् ।

    देशभरि नै यस्तो संख्या वृद्धि हुँदै गएको छ । यसैक्रममा काठमाडौंको कमलपोखरीमा क्वारेन्टीन/माइल्ड आइसोलेशन सेन्टर स्थापना गरिएको छ । ‘हामी जित्नेछौं’ भन्ने नारासहित स्थापना भएको आइसोलेसन सेन्टरको सोमबार बिहान उदघाटन गरिएको छ ।

    सेन्टर आजैदेखि सञ्चालनमा आएको छ । स्वास्थ्य प्रवाहमा अहोरात्र खटेका चिकित्सकहरू एवं अग्रपंक्तिमा लागेका सेवा प्रदाताहरूको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति हिन्दू स्वयंसेवक संघ नेपाल, अग्रवाल सेवा केन्द्र नेपाल, नेपाल चिकित्सक संघ, सेवा इन्टरनेशनल नेपाल एवं उपकार सेवा नेपालको संयुक्त प्रयासमा आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ३ २०७८०३:४३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend