सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता बस्नेतको पहलमा १०० शय्याको निःशुल्क कोरोना सेवा केन्द्र खुल्दै

कांग्रेस नेता बस्नेतको पहलमा १०० शय्याको निःशुल्क कोरोना सेवा केन्द्र खुल्दै

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 5.8K
    SHARES

  • कांग्रेस नेता बस्नेतको पहलमा १०० शय्याको निःशुल्क कोरोना सेवा केन्द्र खुल्दै

    काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सूचना तथा सञ्चारमन्त्री, खेलकुद विभाग प्रमुख मोहन बस्नेतको पहलमा सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोरोना सेवा केन्द्र खुल्ने भएको छ ।

    नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा १०० शय्याको निःशुल्क कोरोना सेवा केन्द्र खोल्ने जग्गा अवलोकन गरेका छन् । 

    सिन्धुपाल्चोकका विभिन्न ठाउँमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, सुनकोशी गाउँपालिका प्रमुख विनोद जीसी लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थितिमा स्वास्थ्य सामग्रीसँगै खाद्य सामग्री वितरण गर्ने कार्य समेत गरिएको छ ।

    पूर्वमन्त्री मोहनबहादुर बस्नेतसँगको समन्वयमा नेपालका वरिष्ठ क्याप्टेन तथा न्यानो समाजका अध्यक्ष विजय लामा र नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय सदस्य लामा नोर्बु पासाङले शुक्रबार सिन्धुपाल्चोकका भोटेकोशी र बाह्रबिसेका स्वास्थ्य संस्थामा र शनिबार सुनकोशी गाउँपालिका–२ का वडाध्यक्ष पूर्णबहादुर महत र सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाको रोहबरमा सुनकोशी गाउँपालिका–१, २, ३ का लागि मास्क, स्यानिटाइजर, पीपीई सेट, थर्मल गन लगायतका सामान हस्तान्तरण गरेका छन् ।

    सहयोगदाता टीमले पूर्वमन्त्री बस्नेतको पहलमा विनियोजित ३३ करोड ७५ लाखको बाह्रकिलो–टिमुरे सडक खण्ड र ४३ करोड ३२ लाख रुपैयाँ विनियोजित सुकुटे–ठोकर्पा सडक खण्ड र १ करोड १८ लाख विनियोजित सानोपाखर गुम्बाको अवलोकन तथा निरीक्षण गरेका छन् ।

    184275611_1117061592113026_6567434929337283867_n.jpg

    अवलोकन तथा निरीक्षणपश्चात् न्यानो समाजका अध्यक्ष वरिष्ठ क्याप्टेन विजय लामाले पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलकदमी र विकास निर्माणमा लागि पर्ने स्थानीय तहको खुलेर प्रशंसा गरेका छन् ।

    वरिष्ठ क्याप्टेन विजय लामाले विकास निर्माण लगायत अन्य विभिन्न कार्यमा आफूले पनि सहयोग गर्दै आएको र आगामी दिनमा अझ सशक्त रूपमा सहयोगमा जुट्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

    185927769_294084915582400_201566077863434670_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend