आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेलाई बधाई दिँदै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले फेसबुकमा यस्तो लेखे 

एमालेलाई बधाई दिँदै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले फेसबुकमा यस्तो लेखे 

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३१ २०७८

  • 10.3K
    SHARES

  • एमालेलाई बधाई दिँदै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले फेसबुकमा यस्तो लेखे 

    काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमालेलाई बधाई तथा शुभकामना दिँदै कम्युनिस्ट क्रान्तिकारीहरू एकजुट हुनुपर्ने मत राखेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास असफल भएपछि प्रवक्ता श्रेष्ठले अरुको विरोधमा समय खेर फाल्न नहुने जनाएका छन् ।

    श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेका कमरेडहरूलाई बधाई तथा शुभकामना ! हाम्रो पार्टी र अन्य कम्युनिस्ट क्रान्तिकारीहरू, मुख्यतः हाम्रो पार्टी नेकपा माओवादी केन्द्रले अब प्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्नु हुँदैन । देशभक्ति, क्रान्तिनिष्ठता, सिद्धान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थित रूपमा वैचारिक, सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्छ । वैचारिक छिपछिपेपन, विधिपद्धतिको अवज्ञा, व्यक्तिवाद, संकीर्णता, अनेकता, गुटबन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको विरुद्ध संघर्ष गर्न दृढ हुनुपर्छ । त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं । विचलन, निराशा र निष्कृयता क्रान्तिकारी गुणचरित्र होइन । घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारिकन पनि आजको आवश्यकता पूरा गर्न सकिने छैन । तत्कालै भने सिंगो पार्टीपंक्ति कोरोना महामारीसँग जुझ्न स्वयंसेवामा जुटौं ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि बहुमत जुटाउन नसकेपछि माओवादीको प्रयास असफल भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend