आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नयाँ सरकार बनाउन नसकेपछि विदेशीलाई गाली गर्न थाले नारायणकाजी श्रेष्ठ

नयाँ सरकार बनाउन नसकेपछि विदेशीलाई गाली गर्न थाले नारायणकाजी श्रेष्ठ

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 5.8K
    SHARES

  • नयाँ सरकार बनाउन नसकेपछि विदेशीलाई गाली गर्न थाले नारायणकाजी श्रेष्ठ

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउने दौडमा असफल भएपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेशीलाई गाली गर्न थालेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित नयाँ प्रधानमन्त्रीको दाबी पेश गर्न दिएको समय गुज्रिएपछि सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै प्रवक्ता श्रेष्ठले विदेशी शक्ति नै आजको मुख्य चुनौती रहेको टिप्पणी गरेका छन् ।

    श्रेष्ठले लेखेका छन्, ‘तुच्छ सत्ता स्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने, विदेशी हस्तक्षेप आमन्त्रण गर्ने र देशलाई बाह्य शक्तिहरूको क्रिडास्थल बनाउने कार्य र त्यसले राष्ट्रिय स्वाधीनतामाथि पैदा गरेको खतरा नै आजको मुख्य चुनौती हो । अतः सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔं, सार्वभौमिकताको रक्षा गरौं ।’

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजेपनि आवश्यक बहुमत नपुग्दा विपक्षी गठबन्धनको योजना सफल हुन सकेन । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend