काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ । कोरोना भाइरस संक्रमण भएका गैरेको उपचारको क्रममा निधन भएको हो ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ ६ बजे उनको निधन संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यसमेत रहेका गैरेलाई करिब एक साताअघि संक्रमण पुष्टि भएपछि उनलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।