आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जुम्लामा भारतको सहयोगमा साना जलविद्युत् प्लान्टको पुनःस्थापना

जुम्लामा भारतको सहयोगमा साना जलविद्युत् प्लान्टको पुनःस्थापना

  • मिडिया डबली
  • बुधवार, बैशाख २२ २०७८

  • 4.8K
    SHARES

  • जुम्लामा भारतको सहयोगमा साना जलविद्युत् प्लान्टको पुनःस्थापना

    काठमाडौं – भारत सरकारको २ करोड ६३ लाख रुपैयाँ आर्थिक सहयोगमा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा हालै पुनःस्थापना गरिएको साना जलविद्युत् प्लान्ट उद्घाटन गरिएको छ ।

    बुधवार भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति जुम्ला तथा नेपाल विद्युत् प्राधिकरण जुम्लाद्वारा भर्चुअल माध्यममार्फत उद्घाटन गरिएको छ ।

    जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा अवस्थित २०० किलोवाट विद्युत् उत्पादन क्षमता भएको जलविद्युत् प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको हो । प्राकृतिक विपद्का कारण प्लान्टमा क्षति पुगेको थियो ।

    उपभोक्ता समिति, स्थानीय वासिन्दा र जिल्ला समन्वय समिति जुम्लाको विशेष अनुरोधमा पावर प्लान्टको पुनःस्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्यांकीको निर्माण र जलविद्युत् प्लान्टको पुनःस्थापना गरिएको हो । जिल्लाको चन्दननाथ नगरपालिकाका करीब २० हजार मानिसहरू यस प्लान्टबाट लाभान्वित हुनेछन्,’ भारतीय राजदूतावासद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

    भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सम्पन्न गरिसकेको छ, जसमध्ये जुम्ला जिल्लाका २ वटा परियोजनासहित १० वटा परियोजना कर्णाली प्रदेशमा रहेका छन् । भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित कर्णालीका ४ वटा परियोजनाहरू निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । यीबाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ । 

    ‘परियोजनाले प्राविधिको पहुँच पूर्णरूपमा स्थापित भई नसकेको त्यस क्षेत्रको अर्थ व्यवस्थालाई सुदृढ बनाउनुका साथै रोजगारीको सिर्जना गरी त्यस क्षेत्रका मानिसहरूको जीवनस्तर उकास्न सहयोगी भूमिका खेल्नेछ,’ विज्ञप्तिमा उल्लेख छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend