काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी तीब्र भएको छ ।
आज बुधबार नेपालमा कोरोनाबाट थप ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज कोरोनाको अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५८ जनाको मृत्यु भएको बताएका छन् ।
नेपाल पछिल्लो २४ घण्टामा थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । कोरोना परीक्षण गर्दा आरटी–पीसीआरबाट ८ हजार ६०५ र एन्टिजेनबाट ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज बुधबार देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९९३ संक्रमित डिस्चार्ज भएका मन्त्रालयले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।