बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

‘मेरो रगत कसैको जीवन’ नारासहित कांग्रेसको रक्तदान अभियान सञ्चालन

‘मेरो रगत कसैको जीवन’ नारासहित कांग्रेसको रक्तदान अभियान सञ्चालन

  • मिडिया डबली
  • बुधवार, बैशाख २२ २०७८

  • 5.4K
    SHARES

  • ‘मेरो रगत कसैको जीवन’ नारासहित कांग्रेसको रक्तदान अभियान सञ्चालन

    काठमाडौं – ‘मेरो रगत कसैको जीवन’ नारासहित नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीबीच रक्तदान अभियान सञ्चालन गरिरहेको छ ।

    नेपाली कांग्रेस खेलकुद विभाग तथा नेपाल तरुण दल भक्तपुरको १ नम्बर क्षेत्रीय कार्यसमितिद्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् ।

    कार्यक्रममा नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय सभापति जीवन खत्री, तरुण दल भक्तपुर अध्यक्ष राजु थापा, केन्द्रीय खेलकुद विभागका सदस्य उमेशकुमार खड्का, क्षेत्रीय अध्यक्ष परमेश्वर थापा लगायत तरुण दल भक्तपुर सदस्यहरू, मध्यपुर नगर अध्यक्ष लगायत विभिन्न तह र तप्कामा रहेर पार्टीमा काम गरेका नेता सहभागी थिए ।

    तरुण दल भक्तपुरले महामारीमा अमूल्य रक्तदान गरी कार्यक्रमलाई भव्यता साथ सु–सम्पन्न गर्न सहयोग गर्ने  रक्तदातामा धन्यवाद दिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend