काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित सांसद ओमप्रकाश शर्माको स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको छ ।
२ नम्बर प्रदेशसभा सदस्य रहेका नेपाली कांग्रेसका समानुपातिक सांसद शर्मा कोरोना संक्रमण देखिएपछि १० दिनदेखि होम आइसोलेसनमा रहेका थिए ।
आज बिहीबार दिउँसो एकाएक स्वास्थ्यमा बढी खराबी देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।
कांग्रेस नेता शर्मा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्व अध्यक्ष समेत रहेका छन् । वीरगञ्जमा आइसोलेसन शय्याको अभाव भएकाले काठमाडौं लैजानुपरेको शर्माका आफन्तले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।