आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादी केन्द्रको बैठकबाट प्रचण्डले गराए लोकप्रिय निर्णय

माओवादी केन्द्रको बैठकबाट प्रचण्डले गराए लोकप्रिय निर्णय

  • मिडिया डबली
  • मंगलवार, बैशाख १४ २०७८

  • 7.5K
    SHARES

  • माओवादी केन्द्रको बैठकबाट प्रचण्डले गराए लोकप्रिय निर्णय

    काठमाडौं – नेकपा माओवादी केन्द्रले लोकप्रिय हुने गरी आफ्नो सबै कमिटी तत्काल समावेशी रूपमा गठन गर्ने भएको छ ।

    मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ भने १५ प्रतिशत दलित र २० प्रतिशत युवा सहितको समावेशीमा कमिटी गठन गर्ने निर्णय गरेको छ ।

    बैठकमा आसन्न केन्द्रीय कमिटीलाई समावेशी बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेका थिए । प्रस्तावलाई केन्द्रीय कमिटी बैठकमा पेश गर्ने गरी पारित गरिएको छ ।  

    दलित समुदायबाट केन्द्रीय कमिटीमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिका कमिटीमा रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थपेर अनिवार्य प्रतिनिधित्व गराइने माओवादी केन्द्रले जनाएको छ ।

    केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बनाइने छ भने केन्द्रमा अध्यक्षसहित उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टीम बन्ने भएको छ ।

    ‘अध्यक्ष क. प्रचण्डको प्रस्तावमा महिला ३५%, दलित १५% र युवा २०% सहितको समावेशी कमिटी बनाउने निर्णय नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले गरेको छ । पार्टी निर्माणको लागि यो निर्णय दूरगामी महत्त्वको हुनेछ,’ नेता जनार्दन शर्माले फेसबुकमा लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend