आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारको निर्णय

भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारको निर्णय

  • मिडिया डबली
  • सोमवार, बैशाख १३ २०७८

  • 4.9K
    SHARES

  • भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम बढेका बेला सरकारले भारतसँगका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

    आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १६ बिहीवारदेखि नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । बैशाख १६ गतेदेखि सीमानाका बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

    पछिल्लो समय छिमेकी देश भारतमा दोस्रो लहरको कोरोना संक्रमणको महामारी फैलिएका बेला सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । 

    सीमा नाका बन्द गर्ने निर्णय विदेशीको हकमा पूर्ण लागू हुने र नेपालीले परिचयपत्र देखाएर क्वारेन्टाइनमा बस्ने गरी नेपाल प्रवेश गर्न पाइने सरकारी स्रोतले जनाएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएका बेला सरकारले नियन्त्रण र रोकथाम सम्बन्धी अन्य निर्णय समेत गरेको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

    कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यसअघि नै विद्यालय बन्दको निर्णय पारित गरिसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन समेत सीसीएमसीबाट भइसकेकोमा मन्त्रिपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए ।

    मन्त्रिपरिषद् बैठकले सबै प्रकारका देशैभरका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिसलाई समेत मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ ।

    बैठकले पहाडी क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा क्षेत्रमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिसलाई समेत पारित गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend