काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकार बनाउन नसकेको तनावमा छन्, यस्तै बेला थुप्रै नेता कार्यकर्ता माओवादी पार्टी छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको पछि लागेका छन् ।
चौतर्फी तनावमा रहेका अध्यक्ष प्रचण्डले शुक्रबार माओवादीबाट राष्ट्रियसभा सदस्य बनेका चन्द्रबहादुर खड्कालाई बर्खास्त गरेका छन् । यसअघि प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रियसभा सदस्य पद बर्खास्त गरेका थिए ।
अर्घाखाँची जिल्लाका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशनमा दल नेता दिननाथ शर्माले शुक्रवार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभामा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरेको पत्र संसद सचिवालयमा बुझाएका छन् ।
खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका हुन् । यसअघि अध्यक्ष प्रचण्डले दल त्याग गरेको सूचना दिन निर्देशन दिएका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।