आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारत सरकारद्वारा ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान

भारत सरकारद्वारा ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान

  • मिडिया डबली
  • बिहिवार, बैशाख ९ २०७८

  • 5.9K
    SHARES

  • भारत सरकारद्वारा ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान

    काठमाडौं - भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैर नाफामूलक संघ–संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।

    विहीबार (आज) काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न संघ संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको हो ।

    ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।

    सन् १९९४ यता भारतीय राजदूतावासले हालसम्म करिब ८६२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ । यो वर्ष राजदूतावासले ‘एड्भान्स लाइफ सपोर्ट, ब्यासिक लाइफ सपोर्ट र कमन लाइफ सर्पोट गरि तीन किसिमको एम्बुलेन्स प्रदान गरेको हो ।

    उक्त एम्बुलेन्सहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप निर्माण गरिएका बताइएको छ । त्यसैगरि राजदूतावासले हालसम्म १६६ वटा स्कूल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend