काठमाडौं - देश कोरोना भाइरसले ग्रस्त छ । दैनिक आठजनाभन्दा बढीको कोरोनाका कारण मृत्यु भइरहेको छ । तर, प्रधानमन्त्री केपी ओली भने धार्मिक अनुष्ठानमा लागेका छन् ।
चितवनको अयोध्यापुरीमा ल्याएर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई मंगलबार बिहान बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरिएको छ।
प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन ल्याउनुपहिले पूजाआजा गरेका हुन्। चितवनमा अयोध्यापुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्ने तयारी गत वर्षदेखि नै बताइरहेका थिए।
तयार पारिएका मूर्तिहरू रथ यात्रा गरेर आज चितवन लगिँदै छ । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायतको उपस्थिति थियो।
ओलीले नै बनाउन लगाएको भनिएको राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गरिनेछ ।
पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा बुधबार अनावरण गर्न लागिएको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा रहेका ती मूर्तिहरुलाई मंगलबार प्रधानमन्त्री ओलीले स्वस्तीवाचनसहित हस्तान्तरण गरे । अब प्रधानमन्त्री ओली विस्तारै हिन्दु धर्मको प्रचार प्रसारमा लाग्ने अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।