आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चितवनबाट प्रचण्डको घोषणा : सबै कुरा मिलिसक्यो, अब काठमाडौंमा कायापलट हुन्छ 

चितवनबाट प्रचण्डको घोषणा : सबै कुरा मिलिसक्यो, अब काठमाडौंमा कायापलट हुन्छ 

  • मिडिया डबली
  • आइतवार, बैशाख ५ २०७८

  • 5.9K
    SHARES

  • चितवनबाट प्रचण्डको घोषणा : सबै कुरा मिलिसक्यो, अब काठमाडौंमा कायापलट हुन्छ 

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कुरा मिलिसकेकाले अब केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायापलट हुने घोषणा गरेका छन् ।

    गृहजिल्ला चितवनमा आईतबार पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले अब काठमाडौंमा कायापलट हुने बताए ।

    प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिट्टै हट्ने र वैकल्पिक सरकार बन्ने बताए । ‘त्यसको अन्तिम तयारीमा हामी छौं । लगभग सबै कुरा मिलिसकेको छ,’ उनले भने । प्रचण्डले कर्णाली प्रदेशमा सरकार जोगाएको प्रसङ्ग उल्लेख गर्दै भने, ‘अब केन्द्रमा पनि केही दिनमा कायापलट हुनेछ ।’

    मुख्यमन्त्रीको विश्वासको मत लिने प्रस्तावलाई पारित गराएर कर्णाली प्रदेशमा माओवादी नेतृत्व सरकार जोगाउन एमालेका ४ सांसदले ‘फ्लोर क्रस’ गरेका थिए । एमालेको माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गर्ने समीकरण काठमाडौंमा समेत बन्न सक्ने सम्भावना बलियो बन्दै गएको प्रचण्डले संकेत गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend