आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतले पटनादेखि नेपालको सीमासम्म २३९ किमि लामो चार लेनको सुपर हाइवे बनाउने 

भारतले पटनादेखि नेपालको सीमासम्म २३९ किमि लामो चार लेनको सुपर हाइवे बनाउने 

  • मिडिया डबली
  • बिहिवार, बैशाख २ २०७८

  • 6.5K
    SHARES

  • भारतले पटनादेखि नेपालको सीमासम्म २३९ किमि लामो चार लेनको सुपर हाइवे बनाउने 

    काठमाडौं - भारत सरकारले पटनादेखि नेपालको सीमासम्म चार लेनको हाइवे बनाउने भएको छ । 

    भारतीय मिडियाका अनुसार पटना एम्सदेखि वाल्मीकिनगरको रामपुर चेकपोस्टस्थित नेपाल सीमासम्म चार लेन हाइवे बनाइने भएको हो ।

    पर्यटन र आर्थिक दृष्टिकोणले महत्वपूर्ण यो हाइवेको खाका एनएचएआईले तयार पारेको र यसको अनुमानित लागत ५६ सय ५० करोड भारु लाग्ने छ ।

    २३९ किलोमीटर लम्बाइ हाईवेको निर्माणपछि वाल्मीकिनगर टाइगर प्रोजेक्ट (इको टूरिज्म) जान निकै सहज हुने अनुमान गरिएको छ । नेपाली सीमासम्म बन्ने हाइवेले भारतका जुनसुकै ठाउँमा जान नेपालीलाई पनि सहज हुने भएको छ ।

    रामजानकी मार्ग (अयोध्या–जनकपुर), ईस्ट–वेस्ट कॉरिडोर (गुजरात–अरुणाचल प्रदेश) समेत अन्य राष्ट्रिय राजमार्गसँग यो हाइवे जोडिने भएको छ । यो हाईवेलाई तीन प्याकेजमा बनाउने तयारी भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend