सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

नयाँ वर्षको बिहानै अग्नि सापकोटामाथि केपी ओलीले गरे भयंकर प्रहार !

नयाँ वर्षको बिहानै अग्नि सापकोटामाथि केपी ओलीले गरे भयंकर प्रहार !

  • मिडिया डबली
  • बुधवार, बैशाख १ २०७८

  • 8.2K
    SHARES

  • नयाँ वर्षको बिहानै अग्नि सापकोटामाथि केपी ओलीले गरे भयंकर प्रहार !

    काठमाडौं – नयाँ वर्ष २०७८ को बिहानै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटामाथि भयंकर प्रहार गरेका छन् ।

    बुधबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संविधानविपरीत जिद्दी गरेको आरोप लगाए ।

    अमेरिकी सहयोग परियोजना एमसीसीलाई सभामुख सापकोटाले संसदमा निर्णयार्थ पेश नगरेकोमा ओलीले असन्तुष्टि पोखे । उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका कारण एमसीसी सम्झौता संसदमा पेश हुन नसकेको आरोप लगाए ।

    ओलीले ती दुवै पार्टी सरकारमा हुँदा एमसीसी सम्झौता अघि बढाउने निर्णय भएपनि आफ्नो सरकारले संसदमा पठाएको सम्झौता निर्णयार्थ पेश नै नगरिएको बताएका छन् ।

    ओलीले सरकारले पेश गरेको विधेयक संसदमा पेश नगरिनु संविधानविपरीत भएको आरोप लगाए । ‘सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन तर अहिले हामीले संविधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति झेलिरहेका छौं,’ ओलीले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend