सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

मिनी जनमत संग्रहले देखाइदियो ओलीको हैसियत 

मिनी जनमत संग्रहले देखाइदियो ओलीको हैसियत 

  • मिडिया डबली
  • बिहिवार, चैत्र २६ २०७७

  • 65.6K
    SHARES

  • मिनी जनमत संग्रहले देखाइदियो ओलीको हैसियत 

    काठमाडौं - नेपाल पत्रकार महासंघको निर्वाचनको मतपरिणाम धमाधम आउने क्रम जारी छ । अहिलेसम्म झन्डै ४० जिल्लाको मत परिणाम आइसकेको छ । जसमा लोकतान्त्रिक, समावेशी, प्रगतिशील प्यानलले क्लिन स्विप गर्ने संकेत देखिएको छ ।

    पत्रकार महासंघको निर्वाचनलाई मिनी जनमतसंग्रहका रूपमा लिइएको छ । महासंघको निर्वाचनले वर्तमान प्रधानमन्त्री केपी ओली कतिसम्म अलोकप्रिय रहेछन् भन्ने प्रमाणित गरेको छ । देशभरमा ओली निकट प्रेस चौतारीका कोही कतै निर्वाचित नहुनुले आगामी आमनिर्वाचनमा ओलीले नेतृत्व गरेको एमालेको पत्तासाफ हुने अनुमान गरिएको छ ।

    महासंघको निर्वाचनलाई नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रले पनि निकै चासोपूर्वक हेरिरहेको छ । मिनी जनमतसंग्रहले आगामी निर्वाचनमा देशको राजनीतिक अवस्था कता जाँदैछ भन्ने संकेत पनि गरेको विश्लेषण हुन थालेको छ ।

    देशलाई आफ्नो विर्ता जस्तो ठानेर जसरी ओलीले अहिले एकलौटी चलाइरहेका छन्, त्यो अर्को निर्वाचन नआउञ्जेल मात्र हो भन्ने पुष्टि भएको छ । जुनदिन निर्वाचन हुन्छ, त्यसबेला जनताले ओली नेतृत्वको एमालेलाई धुलो चटाउने अनुमान पनि गरिएको छ । किनभने त्यसबेला पनि अहिले पत्रकार महासंघमा जसरी परिणाम आइरहेको छ त्यसकै प्रतिबिम्ब देखिने छ ।

    पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनले नेतृत्व गरेको छ । यस्तै नेतृत्व आमनिर्वाचनमा नेपाली कांग्रेसले गर्ने स्पष्ट छ । सोही कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा जानुपर्ने मत राखिरहेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend