आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दुई परियोजना उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दुई परियोजना उद्घाटन

  • मिडिया डबली
  • मंगलवार, चैत्र २४ २०७७

  • 6.3K
    SHARES

  • भारत सरकारको आर्थिक सहयोगमा निर्मित दुई परियोजना उद्घाटन

    काठमाडौं - काठमाडौंस्थित भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशलले भारत सरकारको ८ करोड ९२ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित दुई परियोजना उद्घाटन गरेका छन् ।

    वंशलले नेपालगञ्जमा हालै स्तरोन्नत गरिएको फत्तेबाल आँखा अस्पतालको अस्पतालका अध्यक्षसँग चैत्र २२ गते संयुक्त रूपमा उद्घाटन गरे । 

    उनले चैत्र २३ गते दाङ जिल्लाको लमही बजारमा निर्मित राप्ती शित भण्डारको त्यहाँका मेयर तथा नगरपालिकाका अन्य अधिकारीसँग संयुक्त रुपमा उद्घाटन गरे ।

    यी दुबै परियोजनाहरू नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रुपमा सम्पन्न गरिएको छ । भारत सरकारको ४ करोड ६६ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित नयाँ अस्पताल भवनमा जेनेरल वार्ड,  प्राइभेट वार्ड, अपरेसन थियटर, तालिम कक्ष, चिकित्सकका लागि बस्ने क्वाटर तथा ड्रेनेज सिस्टमको सुविधा रहेको छ ।

    भारत सरकारको ४ करोड २५ लाख र बाँकी नेपाल सरकार तथा उपभोक्ता समितिको सहयोगमा कूल ९ करोड ६६ लाख रुपैयाँ लागतमा ३२०० एमटी क्षमताको शित भण्डारको निर्माण गरिएको छ ।

    नेपालका ५२ जिल्लामा ४०० वटा डीएसटी तथा मोतीविन्दु शल्यक्रिया शिविर र १४ जिल्लामा टीटी तथा ग्रामीण भेगका विद्यालयमा आँखा शिविर सञ्चालन गर्न उद्देश्यले भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई हालसम्म २०.९९ करोड अनुदान सहयोग उपलब्ध गराइसकेको छ । 

    166882009_740606706647642_5932698934927989195_n.jpg

    भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई ५ वटा गाडी उपहारस्वरुप प्रदान गर्नुका साथै विद्यालयहरुमा बालबालिकाका लागि आँखा शिविर सञ्चालन गर्न एउटा आई केयर भ्यान पनि उपलब्ध गराएको छ । 

    राप्ती शित भण्डारमा तरकारी, फलफूल तथा कुहिएर जाने कृषिजन्य उत्पादन भण्डारण गर्न सकिने छ । नवनिर्मित शित भण्डारले कृषि उत्पादनको बजार मूल्यलाई कायम राखि त्यस क्षेत्रका साना तथा मझौला कृषकको आय स्तरलाई बढाउन सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ । 

    भारत सरकार र नेपाल सरकारबीच कायम भएको सहमति अनुरुप यी दुई परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा अघि बढाइएको छ । नेपाल सरकारले  प्राथमिकतामा राखेका क्षेत्रहरु जस्तैं शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सरसफाई, सार्वजनिक सुविधा र नेपालका दुर्गम तथा विपन्न क्षेत्रहरुमा कनेक्टिभिटी जस्तैं पुल, क्षमता निर्माण र व्यवसायिक प्रशिक्षण, स्वास्थ्य शिविर जस्ता क्षेत्रहरुमा पूर्वाधार निर्माण गर्न हेतु प्रस्ताव गरिने कुनै पनि परियोजना जसको लागत ५ करोड रुपैयाँभन्दा कम छ त्यस्ता परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ भनिन्छ ।

    यी परियोजनालाई नेपाल—भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत लिइन्छ । परियोजना क्षेत्रका मानिसहरुलाई सहयोग गर्न र लाभान्वित तुल्याउन यी परियोजनाहरू स्थानीय सरकारमार्फत कार्यान्वयन गरिएका छन् ।  

    168443526_935621573841625_2021232322829522398_n.jpg

    भारत सरकार र नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई निकै महत्त्व दिएका छन् । भारत सरकारको ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका नेपालका १० जिल्लामा १४७ वटा स्वास्थ्य चौकीको निर्माण भइरहेका छन् । 

    कूल १४७ वटामध्ये २५ वटा स्वास्थ्य चौकीको ठेक्का हस्तान्तरण भइसकेको छ । स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संस्थालाई भारतले ८२३ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ ।
     
    ‘कृषि पनि प्राथमिकतामा रहेको क्षेत्र हो । नेपालमा आवश्यक पूर्वाधार सिर्जना गर्न हेतु भारत सरकार र नेपाल सरकार एक आपसमा मिलेर काम गरिरहेका छन् । यी माथि उल्लिखित परियोजनाका अलावा भारतीय राजदूतावासका नियोग उपप्रमुखले नेपालभारत विकास सहकार्य अन्तर्गत नेरु. ३.५ करोड लागतमा निर्माण भएको ललितपुर जिल्ला सहकारी संघको नवनिर्मित भवनको गत फागुन २६ गते उद्घाटन गर्नुभयो,’ भारतीय दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी बजारीकरण क्षमता बढाउन सहकारी प्रवद्र्घन केन्द्रले काम गरिरहेको छ । कृषिजन्य उत्पादनको बजारीकरणका लागि यस भवनले सूचना केन्द्रको रुपमा काम गर्ने अपेक्षा गरिएको छ । गत २ वर्षमा भारतले ५९ जना कृषि वैज्ञानिक, किसान, जैविक खेती, माटो परीक्षण र मलखाद विज्ञान जस्ता क्षेत्रमा आबद्घ कृषिक्षेत्रका नीति निर्माणकर्तालाई दिल्लीको नेसनल क्यापिटल रिजनको शीर्षस्थ भारतीय कृषि केन्द्रहरुमा प्रशिक्षण दिइसकेको छ ।’

    यी परियोजनामार्फत प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा भारतीय राजदूतावासले सहयोग पुर्‍याइरहेको छ । भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ, जसमध्ये दाङ जिल्लाको ६ वटा सहित ४१ वटा परियोजनाहरु प्रदेश नं ५ मा रहेका छन् । 

    पूर्वपश्चिम राजमार्ग तथा भारत–नेपाल सीमालाई जोड्ने लमहीदेखि कोइलाबाससम्मको करीब ३३.५ किलोमिटर लम्बाई रहेको सडकको निर्माणका लागि भारत सरकारले ६९.८ करोड आर्थिक सहयोग प्रदान गरेको छ । लमही र कोइलाबास सहितका ८ वटा वडाका सात गाउँलाई सो कालोपत्रे सडकखण्डले जोड्दछ । 

    ‘भारत र नेपालबीच लामो समयदेखि अटुट बहुआयमिक विकास साझेदारी रहदै आएको छ । आज सम्पन्न राप्ती शित भण्डारको उद्घाटनले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै कृषि क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासमा थप बल पुर्‍याएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend