आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीलाई साथ दिने माओवादी केन्द्रका यी सांसदलाई पदमुक्त गर्न पत्राचार

ओलीलाई साथ दिने माओवादी केन्द्रका यी सांसदलाई पदमुक्त गर्न पत्राचार

  • मिडिया डबली
  • आइतवार, चैत्र २२ २०७७

  • 5.5K
    SHARES

  • ओलीलाई साथ दिने माओवादी केन्द्रका यी सांसदलाई पदमुक्त गर्न पत्राचार

    सुर्खेत - माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेश सभालाई पत्राचार गरेको छ। 

    दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए। 

    रेग्मीले माओवादी केन्द्रले पठाएको स्पष्टीकरणको समेत जवाफ दिएका थिएनन्। ‘दल त्याग गरेको विषयमा स्पष्टीकरण सोधेको थियो, उहाँले त्यसको जवाफ पनि दिनुभएन्,’ संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘पार्टी केन्द्रले पठाएको कारबाहीको पत्र शुक्रबार प्रदेशसभामा बुझाएका छौं।’ 

    उनले एमालेको केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिवको पद स्वीकार गरेर काम गरिरहेकाले संसद पदबाट मुक्त गर्न पत्राचार गरिएको बताइन्। प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी ओलीलाई साथ दिएकाले रेग्मीको पद जाने निश्चित भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend