आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारत सरकारद्वारा चितवनको पिथुवा टोलमा अस्पताल निर्माण

भारत सरकारद्वारा चितवनको पिथुवा टोलमा अस्पताल निर्माण

  • मिडिया डबली
  • बिहिवार, चैत्र १९ २०७७

  • 5.6K
    SHARES

  • भारत सरकारद्वारा चितवनको पिथुवा टोलमा अस्पताल निर्माण

    काठमाडौं – चितवनको रत्ननगर नगरपालिका–१४ पिथुवा टोलमा भारत सरकारको सहयोगमा निर्माण गरिएको गुञ्जमान सिंह अस्पताल उद्घाटन गरिएको छ ।

    वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत नितेश कुमार, गुञ्जमान सिंह मेमोरियल ट्रस्टका अध्यक्ष दुर्गेशमान सिंहले अस्पतालको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

    उद्घाटन समारोहमा भारत र नेपालका विभिन्न पदाधिकारीहरू लगायत अस्पताल व्यवस्थापन समिति, स्थानीय राजनीतिज्ञ र समुदायका नेताहरू पनि उपस्थित रहेका थिए ।

    ५० शय्याको अस्पताल भारत सरकारको ४७.९४ मिलियन सहायतामा तयार गरिएको हो । अस्पतालमा सुरक्षा उपकरणजस्तै ताप संवेदी, धुवाँ संवेदी, डाक्टर कोठा, नर्स कोठा, प्रशासन शाखा, लेखा शाखा, शौचालय लगायत आधुनिक सुविधासम्पन्न रहेका छन् । भवनमा पानी र बिजुलीको निर्बाध आपूर्ति पनि छ ।

    166512864_512227686599417_140355673703610272_n.jpg

    मानव विकास र सामुदायिक सेवाहरू (एचडीसीएस), गैरसरकारी संस्था चितवनले न कुनै नाफा न कुनै नोक्सानको आधारमा सञ्चालन गरिरहेको छ ।

    अस्पताल चितवन र वरपरका जिल्लाहरूका व्यक्तिको लागि आधुनिक स्वास्थ्य सेवा दिनका लागि बनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend