आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

माधव र आफ्नो राजनीति दाउमा लागेपछि कांग्रेसको शरणमा प्रचण्ड

माधव र आफ्नो राजनीति दाउमा लागेपछि कांग्रेसको शरणमा प्रचण्ड

  • मिडिया डबली
  • बुधवार, चैत्र १८ २०७७

  • 8.5K
    SHARES

  • माधव र आफ्नो राजनीति दाउमा लागेपछि कांग्रेसको शरणमा प्रचण्ड

    काठमाडौं - सर्वोच्च अदालतको दुईवटा फैसलापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालको राजनीति दाउमा लागेको छ ।

    जबसम्म प्रधानमन्त्री पदमा केपी ओली रहिरहन्छन्, प्रचण्ड र माधव नेपाललाई राजनीति गर्न सजिलो हुने छैन । सोही कारण अहिले प्रचण्ड जसरी पनि ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन सक्रिय हुन थालेका छन् ।

    प्रचण्डको त आफ्नै पार्टी छ । अध्यक्ष आफैं छन् । राजनीति हो, भोलि चुनाव जितेर प्रधानमन्त्री पनि बन्न सक्छन् । तर, माधव नेपालको बिजोग हुने देखिएको छ । नयाँ पार्टी खोलौं, २०५६ को माले जस्तो भइने ।

    एमालेमै बसौं, अर्को चुनावमा ओलीले टिकट नदिने । त्यही भएर अहिले प्रचण्ड माधव नेपाल र आफ्नो राजनीति बचाउन कांग्रेसको शरणमा पुगेका छन् ।

    मंगलबार साँझ प्रचण्ड एकाएक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगे । दुवैबीच झन्डै डेढ घन्टा कुराकानी भएको थियो । प्रचण्डले ओली हटाउन ढिला भइसकेको भन्दै सरकारको नेतृत्व लिन प्रस्ताव गरे । प्रधानमन्त्री लिएर कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बनाउन प्रचण्डले देउवालाई आग्रह गरे ।

    तर, प्रचण्डको प्रस्तावमा देउवाले कुनै ठोस उत्तर नदिएको स्रोतले बताएको छ । देउवाले जनता समाजवादी पार्टी (जसपा) नेताहरुसँग कुराकानी गरेरनिर्णय लिने जवाफ दिएको बताइन्छ ।

    माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने र देउवालाई प्रधानमन्त्री बनिदिन प्रस्ताव राख्दै आएको छ । कांग्रेस नेताहरु पनि देउवाको नेतृत्वमा सरकार बनाउन एकमत देखिएका छन्, तर जसपाले निर्णय नगरेको भन्दै कांग्रेस सभापति देउवाले पहल लिएका छैनन् । उनी अझै पनि ‘पर्ख र हेर’ को अवस्थामा छन् ।

    अहिलेसम्म माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिएको छैन । सोही कारण पनि देउवाले ठोस निर्णय नदिएको बताइएको छ । यदि माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा ओलीले विश्वासको मत देखाउनुपर्ने हुन्छ ।

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए मात्र आफू सरकार बनाउन अघि सर्ने नत्र नयाँ सरकार बनाउने प्रयास तत्काललाई थाती रहने देउवाको भनाइपछि प्रचण्ड निराश बनेका थिए ।

    तीन वर्षअघि आफ्नो सरकारलाई धोका दिएर ओलीसँग मिलेर चुनाव लडेपछि देउवा प्रचण्डसँग रुष्ट छन् । त्यही भएर अहिले प्रचण्ड र माधवको राजनीति जोगाउन आफू सक्रिय नबन्ने देउवाको मनस्थिति रहेको बताइन्छ ।

    सरकारमा सहभागिताबारे जसपामा दुई धार छ । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताहरु प्रधानमन्त्री ओलीसँग सरकारमा जानुपर्ने पक्षमा छन् ।

    संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु कुनै हालतमा ओली सरकारको विकल्प दिनुपर्ने पक्षमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend