काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेता घनश्याम भुसालमाथि भयंकर षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सल्लाहकार थापाले घनश्याम भुसालले निर्वाचन जितेपछि पार्टी विभाजनतिर लाग्ने गरेको तथ्य सार्वजनिक गरेका छन् ।
थापाले लेखेका छन्, ‘घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो – १. २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निष्कासन गर्नुपर्यो । २. ०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो । चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?’
नेता माधवकुमार नेपालको पक्षमा लागेर भुसालले राष्ट्रिय कार्यकर्ता भेलामा सक्रियता जनाएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका थिए । नेता भुसालले ओलीको आलोचना गर्दै स्पष्टीकरणको जवाफी पत्र पठाइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।