आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दक्षिण एसियामै नेपालमा महिलाहरूका लागि सामाजिक सञ्जाल सुरक्षित : भारतीय अध्ययन 

दक्षिण एसियामै नेपालमा महिलाहरूका लागि सामाजिक सञ्जाल सुरक्षित : भारतीय अध्ययन 

  • मिडिया डबली
  • मंगलवार, चैत्र १७ २०७७

  • 15.8K
    SHARES

  • दक्षिण एसियामै नेपालमा महिलाहरूका लागि सामाजिक सञ्जाल सुरक्षित : भारतीय अध्ययन 

    काठमाडौं – नेपालमा सामाजिक सञ्जाल महिलाहरूका लागि दक्षिण एसियामै सुरक्षित राष्ट्र भारतमा भएको एक अध्ययनले जनाएको छ ।

    सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालमा सामाजिक सञ्जाल महिलाहरूका लागि सुरक्षित भएको पाइएको हो । 

    अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सामाजिक सञ्जालमा महिला कति सुरक्षित भन्दै अध्ययन गरिएको थियो ।

    ‘होल्डिङ अप हाफ द स्काइ ? हाउ होसाइल द साउथ–एसियन सोसल मिडिया स्पेस फर वुमन’ शीर्षकमा गरिएको अध्ययनमा महिलाहरूलाई सामाजिक सञ्जालमा गरिने दुर्व्यवहार र दुर्व्यवहारको प्रकृतिबारे अनुसन्धान गरिएको हो । 

    प्रतिवेदन अनुसार अन्य मुलुकको तुलनामा नेपाली पुरुषहरूले सामाजिक सञ्जालमा महिलालाई अश्लील शब्दहरूको प्रयोग गर्ने कम गरेको पाइएको हो । यस मामिलामा सबैभन्दा बढी भारत, त्यसपछि क्रमशः पाकिस्तान, माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन् । 

    डिसइन्फो ल्याबका अनुसार अब्युज–ओ–मिटरका अनुसार राजनीतिज्ञहरूमा भारतमा प्रियंका गान्धी, पाकिस्तानमा मरियम नवाज, माल्दिभ्समा इभा अब्दुल्लालाई सबैभन्दा बढी दुर्व्यवहार गरेको पाइएको छ । 

    अन्य सार्क राष्ट्रहरुको तुलनामा नेपालमा दुर्व्यवहार हुने क्रम ८० प्रतिशत कम भएको पाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend