काठमाडौं – भारतको ७५ औं स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा र ‘सम्पर्क (भारत–नेपाल अलुमुनि नेटवर्क) को एक कार्यक्रमको रूपमा भारतीय राजदूतावासले आइतवार अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अन्तक्र्रिया कार्यक्रमका मुख्य वक्ताका रूपमा सोनाम वाङचुक र कनकमणि दीक्षित थिए ।
आफ्ना अग्रगामी कार्यबाट लद्दाख लगायत यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोनाम वाङचुक एक इन्जिनियर, इनोभेटर, सामाज सुधारक र शिक्षा क्षेत्रका अगुवाका रूपमा परिचित छन् । कनकमणि दीक्षित एक सफल लेखक, प्रकाशक तथा सम्पादकका रूपमा परिचित छन् ।
संवाद कार्यक्रममा शिक्षा, नवीन सोच तथा हिमालय क्षेत्रमा दीगोपना लगायतका विषयमाथि चर्चा गरिनुका साथै भारत आफ्नो स्वतन्त्रताको ७५ औं वर्षमा प्रवेश गरेको परिप्रेक्ष्यमा वाङचुकको अनुभवबाट सिक्नुपर्ने पाठबारे पनि चर्चा भएको दूतावासले जनाएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।