काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब हुने चुनावमा माओवादी १ नम्बर हुने दाबी गरेका छन् ।
देशसञ्चार डटकमसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले माओवादी कमजोर नभएको दाबी गरे ।
संविधानअनुसार हुने चुनावलाई माओवादीले स्वागत गर्ने प्रचण्डले बताए । आगामी चुनावमा केपी ओलीको जमानत जफत हुने उनले दाबी गरे ।
प्रचण्डले राजनीतिक लडाइँमा केपी शर्मा ओली हारिसकेको दाबी गर्दै प्रचण्डले भने, ‘केपीजी तपाईं हारिसक्नुभयो, हामी जितिसक्यौं ।’
प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएकोमा स्वागत गरे । ‘विप्लवले पनि मेरै बाटोमा आउनुपर्यो, खुसी छु,’ उनले भने ।
प्रचण्डले जसपाभित्र किचलो भएका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुन रुचि नदेखाएको खुलासा गरेका छन् । ‘जसपा एकजुट भएर भोट हाल्न तयार भए उहाँ (देउवा) ले कम्फरटेबल फील गर्नुहुन्छ, उहाँ प्रधानमन्त्री हुन तयार हुनुहुन्छ,’ प्रचण्डले भने ।
जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो लगायत नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर वार्ता गरिरहेका छन् भने अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीविरुद्ध रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।