काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल फार्मेसी काउन्सिलको अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ ।
हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अध्यक्षमा पाण्डे र रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको छ ।
काउन्सिलका अध्यक्ष केशवध्वज जोशीको ४ वर्षे कार्यकाल फागुन १७ गते सकिएपछि अध्यक्ष पद रिक्त रहेको थियो ।
काउन्सिलमा रिक्त सदस्यहरूमा अमृत थापा, निरज बर्तौला, निशान्तकुमार गुप्ता, महासागर ज्ञवालीलाई नियुक्त गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।