आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतले नुवाकोटमा हालै पुनर्निर्माण गरेका ४ वटा विद्यालयको उद्घाटन

भारतले नुवाकोटमा हालै पुनर्निर्माण गरेका ४ वटा विद्यालयको उद्घाटन

  • मिडिया डबली
  • बिहिवार, चैत्र १२ २०७७

  • 7.2K
    SHARES

  • भारतले नुवाकोटमा हालै पुनर्निर्माण गरेका ४ वटा विद्यालयको उद्घाटन

    काठमाडौं – भारतीय दूतावासको प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीन कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नुवाकोटमा पुनर्निर्माण गरिएका ४ वटा विद्यालयको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

    कालिका, पिमलटार, पञ्चलिङ्गे र सरस्वती माध्यमिक विद्यालय भारत सरकारको पुनर्निर्माण अनुदान अन्तर्गत निर्माण गरिएका हुन् ।

    समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवं अन्य सरोकारवालाको उपस्थिति थियो ।
     
    नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरूप निर्माण गरिएका यी ४ विद्यालयको पुनर्निर्माण लागत करीब १६.७ करोड नेपाली रुपैयाँ रहेको छ । यी नवनिर्मित विद्यालयमा कक्षा कोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ । यी ४ विद्यालयमा अध्ययनरत १८०० भन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्नेछ ।

    शिक्षाको क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिवद्घता अनुरूप नेपालका ८ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको छ । यी ४ विद्यालय पनि परियोजना अन्तर्गतका हुन् । परियोजनाबाट लाभान्वित हुने ८ जिल्लाहरू क्रमशः गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं हुन् ।

    हालसम्म ८ वटा विद्यालय निर्माण भइसकेका छन् भने बाँकी ६२ वटा विद्यालयहरू निमार्णाधीन अवस्थामा छन् । 

    कार्यक्रममा बोल्दै प्रेस, सूचना तथा संस्कृति प्रभाग प्रमुख कुमारले राष्ट्र र जनताको सुनिश्चित भविष्यका लागि शिक्षा नै सर्वोत्तम लगानी रहेको कुरामा विशेष जोड दिए । शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदान गर्दै भारत सरकारले सन् २००३ यता सयौं शैक्षिक क्याम्पस निर्माण गरिसकेको छ । राष्ट्रको विकासमा योगदान पुर्‍याउन र भारत–नेपाल सम्बन्धलाई अझ मजबुत बनाउन भारत सरकारले प्रदान गर्दै आएको ३ हजारभन्दा बढी छात्रवृत्तिको लाभ लिन नवीन कुमारले नेपाली विद्यार्थीलाई प्रोत्साहित गरे ।

    यी बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता पनि जनाइसकेको छ । अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७ हजार घरहरू निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीले लाभग्राहीलाई वर्षायाम आउनुअघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् । 

    २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका नेपालका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना तथा सवलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भारतको आर्थिक सहयोगमा भइरहेको छ । पुनर्निर्माण परियोजना यथासक्य चाँडै सम्पन्न गर्न दुवै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एकआपससँग सहकार्य गर्दै काम गरिरहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend