आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डबाट फुटेका सबै माओवादीलाई एकै पार्टीमा ल्याउने यस्तो चाजोपाजो

प्रचण्डबाट फुटेका सबै माओवादीलाई एकै पार्टीमा ल्याउने यस्तो चाजोपाजो

  • मिडिया डबली
  • बुधवार, चैत्र ११ २०७७

  • 5.7K
    SHARES

  • प्रचण्डबाट फुटेका सबै माओवादीलाई एकै पार्टीमा ल्याउने यस्तो चाजोपाजो

    काठमाडौं – तत्कालीन नेकपा माओवादीबाट फुटेर विभिन्न पार्टीमा पुगेका नेताहरूलाई एकै पार्टीमा ल्याउने चाजोपाचो थालिएको छ ।

    माओवादी नेता गोपाल किराँतीले सबै माओवादीलाई एक हुन लिखित पत्राचार नै गरेका छन् । सबै माओवादी शक्तिबीच एकताका लागि केन्द्रका अध्यक्ष किराँतीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पत्राचार गरेका छन् ।
     
    निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र दर्ता समेत गरिसकेका किराँतीले पूर्व माओवादीहरुलाई एकताका लागि पत्र पठाइएको बताए । प्रचण्डले पत्रको प्रारम्भिक प्रतिक्रिया समेत दिएका किराँतीले बताए ।

    ‘प्रचण्डको तर्फबाट मातृका यादवले भेट्नुभयो,’ किराँतीले भने, ‘जुटौं भन्ने खालको प्रचण्डको सन्देश यादवले सुनाउनुभयो । त्यस्तो कुनै टुंगोमा भने पुगेको छैन । अरुबाट प्रतिक्रिया आएको छैन ।’

    किराँतीले देश भयानक दुर्घटनातर्फ जान लागेको भन्दै प्राप्त उपलब्धिलाई रक्षा गर्दै पूर्व माओवादीहरू एकजुट हुनुपर्ने बताएका छन् । वैचारिक विषयमा छलफल गर्दै जान सकिने विकल्प अघि सारेको उनले बताएका छन् । 

    ‘देश भयानक दुर्घटनातर्फ जाँदैछ भन्ने देखिन्छ । अब के गर्न त ? विप्लवजी पनि सडक आन्दोलनमा भर्खर आउनुभयो,’ किराँतीले भने, ‘हामीले के भनेका छौं भने प्रचण्डजी, बाबुराम, विप्लव र हामी समाजवाद भन्छौं । प्रकारहरु फरक होलान् । वैद्यजीले जनगणतन्त्र भन्नुहुन्छ । त्यसकारण समाजवाद र जनगणतन्त्रमा जुटौं भनेर आग्रह गरेका हौं ।’

    नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकीकरण गरेपछि किराँतीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए । सर्वोच्चको आदेशले एकता बदर भएपछि एमाले र माओवादी ब्युँतिएका हुन् । प्रचण्डले एमालेसँग एकता गरेपछि किँराती माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता गरेर चर्चामा आएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend