आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ठूल्ठूला वकिलहरूसँग सल्लाहपछि माओवादी केन्द्रले गर्‍यो यस्तो निर्णय

ठूल्ठूला वकिलहरूसँग सल्लाहपछि माओवादी केन्द्रले गर्‍यो यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, चैत्र १० २०७७

  • 8.9K
    SHARES

  • ठूल्ठूला वकिलहरूसँग सल्लाहपछि माओवादी केन्द्रले गर्‍यो यस्तो निर्णय

    काठमाडौं – नेकपा नाम विवादमा पार्टी एकता नै बदर गरिदिने फागुन २३ गतेको सर्वाेच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने निर्णय गरेको छ ।

    पुनरावलोकनमा जाने प्रक्रियाबारे मंगलवार माओवादी केन्द्रले ठूल्ठूला वकिलहरूसँग छलफल गरेको छ ।

    छलफलमा अधिवक्ता तथा सांसद रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान, दिनमणि पोखरेल लगायतका कानून व्यवसायी सहभागी रहेका थिए ।

    बैठकले फैसलाविरुद्ध पुनरावलोकनमा जानेबारे छलफल गरेको संसदीय दलका मुख्य सचेतक देव गुरुङले बताए । बैठकपछि माओवादीले सर्वोच्चको फैसलामा पुनरावलोन गर्ने निर्णय गरेको छ ।

    सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको आधिकारिकता ऋषि कट्टेललाई दिएर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउँदै एकतापूर्वकै अवस्थामा फर्काएको थियो ।

    नेकपा एमाले र माओवादी ब्युँताउने फैसला निवेदकको मागदाबी विपरीत र राजनीतिक प्रकारको भएको टिप्पणी गर्दै कानून व्यवसायीले ६० दिनभित्र पुनरावलोकनमा जान सकिने सुझाव दिएका गुरुङले बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend